८ चैत्र २०८२, आइतबार । March 22, 2026

स्पेनिस ला लिगाः यमलको दुई गोलको सहयोगमा बार्सिलोनाको फराकिलो जित


३१ भाद्र २०८१, सोमबार  

354
Shares

एजेन्सी । स्टार युवा राइट विङ्गर लामिन यमल चम्कदा स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

१७ वर्षका यमलको दुई गोलसङ्गै थप दुई गोल गरेको बार्साले जिरोनालाई ४–१ ले पराजित गरेको हो । आइतबार राती भएको खेलको ३० औं मिनेटमा यमलको गोल मार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । पहिलो गोल गरेको ७ मिनेटमानै यमलले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

आक्रमल खेल खेलेको बार्सिलोनाको लागि ओल्मोले ४७ औं मिनेटमा अग्रतालाई ३–० मा परिणत गर्दै पहिलो हाफमानै टिमलाई मजबुत बनाए । दोश्रो हाफमा पनि बार्सिलोनाले जिरोनामाथि आक्रमण जारी राख्यो । फलस्वरूप बर्साको लगि ६४ औं मिनेटमा पेड्रीले गोल गर्दै टिमको अग्रता ४–० को अवस्थामा लगे ।

खेलमा जिरोनाको तर्फबाट एकमात्र गोल स्टोनिले ८० औं मिनेटमा गरे । बार्साको टोरेस ८६ औं मिनेटमा रातोकार्ड खादै बाहिर निस्किएपनि त्यसयता कुनै गोल भएन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि ५ खेलबाट १५ अंक सहित लिगको पहिलो स्थानमा छ । समान खेलबाट जिरोना ७ अंक सहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो