१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

ट्रम्पमाथि पुनः हत्या प्रयास, एक संदिग्ध प्रक्राउ


३१ भदौ २०८१, सोमबार  

15
Shares

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ ।

उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ। गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो। एफबीआईका अनुसार, ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए।

घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन्। एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो । उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो। पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो।

घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत जानकारी दिँदै भने –म सुरक्षित र राम्रो अवस्थामा छु। केही पनि मलाई रोक्न सक्दैन। म कहिल्यै समर्पण गर्ने छैन । यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि बटलर, पेनसिल्वेनियामा गोली हानिएको घटनापछि आएको हो। यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो।

अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेका छन र व्हाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ। ह्यारिसले ट्वीट गर्दै हिंसा अमेरिकामा कुनै पनि स्थानमा स्वीकार्य नभएको बताइन्।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली