२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

ट्रम्पमाथि पुनः हत्या प्रयास, एक संदिग्ध प्रक्राउ



एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ ।

उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ। गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो। एफबीआईका अनुसार, ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए।

घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन्। एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो । उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो। पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो।

घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत जानकारी दिँदै भने –म सुरक्षित र राम्रो अवस्थामा छु। केही पनि मलाई रोक्न सक्दैन। म कहिल्यै समर्पण गर्ने छैन । यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि बटलर, पेनसिल्वेनियामा गोली हानिएको घटनापछि आएको हो। यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो।

अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेका छन र व्हाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ। ह्यारिसले ट्वीट गर्दै हिंसा अमेरिकामा कुनै पनि स्थानमा स्वीकार्य नभएको बताइन्।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ