१ कार्तिक २०८३, आइतबार । October 18, 2026

मेसीको दुई गोलको सहयोगमा इन्टर मियामीको जित


३० भदौ २०८१, आइतबार  

666
Shares

एजेन्सी । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् ।

अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३(१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् । मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् ।

स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए । यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो । यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसै गरि फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि