१ माघ २०८२, बुधबार । January 14, 2026

इङलिश प्रिमियर लिगः चेल्सीसँग बोर्नमाउथ १–० गोल अन्तरले पराजित



एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए । यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ किर्तिमान समेत बनेको छ ।

यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो । यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो । यो चेल्सीको यस सिजनमा दोस्रो जित हो ।

४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले