१० श्रावण २०८३, आइतबार । July 26, 2026

दुई दिनदेखि अन्धकार बझाङ


२८ भदौ २०८१, शुक्रबार  

348
Shares

बझाङ । डडेलधुरा जोड्ने राष्ट्रिय प्रसारण लाइनअन्तर्गत डडेल्धुराको भालुमारे जंगलमा सल्लाको रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

यसअघि तमैल नजिकैको भीरमा पहिरो खसेर तार च्यातिएर अवरुद्ध भएको विद्युत मर्मत गरिए पनि डडेलधुराको भालुमारे अविरल वर्षाका कारण ठूलो सल्लाको रुख ढल्न गइ दुई पोल ढलेर चारवटा पोलको तार च्यातिँदा विद्युत सेवा सुचारु गर्न समस्या भएको हो। जंगलको बीचमा ठूलो रुख ढलेको र दुईवटा पोल व्यवस्थापन गरि तार जोड्न समय लाग्ने हुँदा आज विद्युत सुचारु हुने नहुने अन्योल बनेको वितरण केन्द्र बझाङले जनाएको छ ।

विद्युत अभावका कारण सञ्चार सेवा प्रभावित भएको छ भने सञ्चारमाध्यम, व्यापार व्यवसायीसँगै सर्वसाधारण मारमा परेका छन्। विद्युत नहुँदा सदरमुकाम चैनपुर र आसपासमा खानेपानी वितरण गर्दै आएको चैनपुर साना सहरी खानेपानी उपभोक्ता समितिले खानेपानी आपूर्ति गर्न छोडेको छ।

सदरमुकाम र आसपासका बस्तीमा खानेपानी हाहाकार हुँदा बर्खायाममा समेत यहाँका स्थानीय सेती नदी र बाहुली खोली दूषित पानी प्रयोग गर्न बाध्य भएका छन्।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर