२३ मंसिर २०८२, सोमबार । December 8, 2025

एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक, को–को परे ?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ ।

मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागी एनपीएलले शुक्रवार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुनेछ ।यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन । एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् । अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक–एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन् ।

यसअघि एनपीएलमा सहभागी टोलीको लिलामी गरिएको थियो। जसमा पोखरा फ्रेन्चाइज टोली सर्वाधिक ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैंयामा नेपाल टी–२० प्रा।लिले खरिद गरेको हो। त्यस्तै, दोस्रो सर्वाधिक मूल्य काठमाडौँले पाएको छ। काठमाडौँ फ्रेन्चाइजलाई ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन प्रा.लि.ले बिडिङ गरेको थियो। यसअघि क्यानले नै नेपाल टी ट्वेन्टी लिग आयोजना गरेको थियो ।

तर उक्त प्रतियोगिताको लागि क्यानले कमर्सियल एवम् स्ट्रयाटजिक पार्टनर बनाएको कम्पनी नै नेपालबाट भागेपछि विवादित बनेको थियो । अहिले भने क्यानले नयाँ लिगको घोषणा गरेको हो । लिगका लागि क्यानले चन्द्र सूर्य र ब्याट अंकित लोगो सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको