६ फाल्गुन २०८१, मंगलबार । February 18, 2025

महाकाली नदीको जलसतह उच्च, सतर्क रहन आग्रह



कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । “भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।” प्रहरी निरीक्षक थापाले भने, “दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।”

उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एक÷दुई परिवार विस्थापित भएका छन् । त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ । जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ ।

वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२६ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म नेपालको सार्वजनिक ऋण

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

आगामी वर्षका लागि १९ खर्ब बजेट ‘सिलिङ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको

क्यानडाको टोरन्टो विमानस्थलमा विमान दुर्घटना, ३ जनाको अवस्था गम्भिर

एजेन्सी । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ ।

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः