१ माघ २०८२, बुधबार । January 14, 2026

उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या



एजेन्सी । संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्।

१६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ र अन्य मिलिसिया समूहको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए’, प्रहरी प्रशासक मतादी मुयापण्डिले भने। उनका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ। एडीएफको कार्यप्रणाली अनुसार पीडितहरूको शिरच्छेदन गरिएको थियो। पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगाण्डाका विद्रोहीले हजारौँ नागरिकको हत्या गरेका छन् ।

हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन्। नाम उल्लेख नगर्ने शर्तमा स्थानीय सहायताकर्मीले पीडित सुन खानी, व्यापारी र किसान रहेको बताए । एडीएफले सन् २०१९ मा इस्लामिक स्टेट समूहप्रति वफादारीको वाचा गरेको थियो । एडिएफमाथि कङ्गोका नागरिकको नरसंहारका साथै छिमेकी युगाण्डामा आक्रमण गरेको आरोप लगाइएको छ।

सन् २०२१ को अन्त्यमा कङ्गो र युगान्डाका सेनाहरूले उत्तरी किवु र छिमेकी प्रान्त इतुरीमा एडिएफविरुद्ध संयुक्त अभियान सञ्चालन गरे पनि अहिलेसम्म सर्वसाधारणमाथि घातक आक्रमणलाई रोक्न सकेका छैनन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले