८ चैत्र २०८२, आइतबार । March 22, 2026

उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या


२८ भाद्र २०८१, शुक्रबार  

21
Shares

एजेन्सी । संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्।

१६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ र अन्य मिलिसिया समूहको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए’, प्रहरी प्रशासक मतादी मुयापण्डिले भने। उनका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ। एडीएफको कार्यप्रणाली अनुसार पीडितहरूको शिरच्छेदन गरिएको थियो। पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगाण्डाका विद्रोहीले हजारौँ नागरिकको हत्या गरेका छन् ।

हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन्। नाम उल्लेख नगर्ने शर्तमा स्थानीय सहायताकर्मीले पीडित सुन खानी, व्यापारी र किसान रहेको बताए । एडीएफले सन् २०१९ मा इस्लामिक स्टेट समूहप्रति वफादारीको वाचा गरेको थियो । एडिएफमाथि कङ्गोका नागरिकको नरसंहारका साथै छिमेकी युगाण्डामा आक्रमण गरेको आरोप लगाइएको छ।

सन् २०२१ को अन्त्यमा कङ्गो र युगान्डाका सेनाहरूले उत्तरी किवु र छिमेकी प्रान्त इतुरीमा एडिएफविरुद्ध संयुक्त अभियान सञ्चालन गरे पनि अहिलेसम्म सर्वसाधारणमाथि घातक आक्रमणलाई रोक्न सकेका छैनन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो