११ श्रावण २०८३, सोमबार । July 27, 2026

घ्याङ्फेदी सडक अवरुद्ध,तादी खोलाको बाढीले पुल बगाउँदा बस्तीसँग सम्पर्क टुट्यो


२७ भदौ २०८१, बिहिबार  

66
Shares

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ ।

तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबँेसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ । उक्त स्थानबाट आउतजावत गर्न सक्ने अवस्था दुप्चेश्वर –१ घ्याङ्फेदीको अन्य बस्तीसँगको सडक सम्पर्क अवरुद्ध भएको हो ।

उक्त वडालाई जोडन् वैकल्पिक सडक तथा बाटोसमेत नहुँदा उद्धार तथा क्षतिको लगत लिनको लागि पुगेको टोली घ्याङ्फेदी जानबाट रोकिएको छ । सडक र बाटोको आउजाउ नहुँदा वडा नं १ घ्याङ्फेदीका एक हजार छ सय घरधुरी परिवारको वडा भन्दा बाहिरको आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।

पहिरोले तीनवटा झोलुङ्गे पुल बगाएको छ । खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पुयाएको छ । फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपु र कसेरी जोड्ने झोलुङ्गे पुल र फेदी र घोप्टेभीर जोड्ने काठको पुल बगाएको हो । प्रभावित स्थानमा जाने मूल सडक अवरुद्ध भएको र बस्ती जोड्ने पुलसमेत बगाएकाले क्षतिको थप विवरण आउन बाँकी रहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए ।

उनका अनुसार त्यस ठाउँमा जानसक्ने अवस्था नभएपछि सोही वडाका जनप्रतिनिध, कर्मचारी, विद्यालयका शिक्षकलाई उद्धार तथा क्षतिको विवरण लिन परिचालन गरिएको छ । पहिरोको गेगरले तादी खोलाको बहाव बढेसँगै सूर्यकुण्ड जलविद्युत् आयोजनाको पाइपलाइन विस्तारको लागि बनाएको पर्खालसमेत बगाएको छ । सुख्खा पहिरो बगेकोलगत्तै आएको अविरल वर्षाको कारण गएराति तादी खोलाको बहाब दोब्बरले बढेको थियो ।

होटल व्यवसायी पेम्बा लामाको अनुसार फेदी नजिकै बगेका साना ठूला चारवटा पहिरोले गएराति तादी खोलामा बाढी आएको हो । गेगर (लेदो) सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्र आसपासमा सावधानी अपनाउन दुप्चेश्वरका अध्यक्ष थापाले अपिल गरेका छन् ।

पहिरो अझै थपिने र तादी खोलाको बहाव ठूलो हुनसक्ने जोखिम भएकाले दुप्चेश्वर गाउँपालिकाको रामतीबजारदेखि समुद्रटार बजार, भ्याङ्ले, सातबिसे, आप्रह, ढिकुरेहुँदै विदुर नगरपालिका–५ स्थित देवीघाट बजारसम्मका तादी खोलाकोतटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन नुवाकोट प्रशासनले अपिल गरेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर