२३ माघ २०८२, बिहिबार । February 5, 2026

इङल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी



काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९।२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २(२ विकेट लिएका थिए । यस अघिपहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९।३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाएका थिए ।

त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २(२ विकेट लिएका थिए । यो जितपछि ३ खेलमा टी–२० सिरिजमा अस्ट्रेलिया १–० ले अगाडी भएको छ ।

अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल