३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

मौसम पूर्वानुमान

यी पाँच प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम प्रदेशमा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधरणतया बदली रहने छ।

सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर