२८ बैशाख २०८२, आइतबार । May 11, 2025

बैतडीमा जिप दुर्घटना अपडेटः घाइते युवतीको मृत्युु



बैतडी । जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छन् । सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लाको सुर्नया गाउँपालिका–८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नंको जिप मङ्गलबार दुर्घटनामा परेको थियो ।

कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया–७ का लालबहादुर कुँवरसहित पाँचजना घाइते भएका थिए । घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो । दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् ।

चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको