५ चैत्र २०८१, बुधबार । March 19, 2025

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध



काठमाडौं । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।

चिनियाँ फुटबल एसोसियंसाले दुई बर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरूलाई आजीवन प्रतिबन्ध लगाएको हो । अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ । प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पुर्व तीन खेलाडी सामेल छन् ।

जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए । एसोसियसनका अध्यक्ष सँग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच बर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।

यस अघि अगस्तमा पूर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ बर्षको जेल सजायमा पठाइएको थियो भने एसोसियसनका पूर्व अध्यक्षलाई गत मार्चमा आजीवन काराबासमा पठाइएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर