२३ माघ २०८२, बिहिबार । February 5, 2026

उपसभामुख रानाको राजीनामा माग्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्ने संस्थागत निर्णय गरेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले गैरसम्बन्धित विभिन्न व्‍यक्तिहरूलाई अमेरिका लैजानका लागि दूतावासलाई चिठी लेखेर आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानाको राजीनामा माग गरेको हो। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले आफैँ बहिर्गमनको बाटो रोजेमा राम्रो हुने प्रतिक्रिया दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पृष्ठभूमिबाट उपसभामुख बनेकी रानाले हाल कुनै पनि दलमा आबद्ध छैनन्। सभामुख वा उपसभामुखमा निर्वाचित भएपछि दलको हैसियत त्याग गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

यद्यपि, रास्वपा र माओवादी केन्द्र उपसभामुख रानाको राजीनामाको विरोधमा छ भने सत्तापक्ष रानाको राजीनामा आउनैपर्ने अडानमा छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल