२३ माघ २०८१, बुधबार । February 5, 2025

उपसभामुख रानाको राजीनामा माग्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्ने संस्थागत निर्णय गरेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले गैरसम्बन्धित विभिन्न व्‍यक्तिहरूलाई अमेरिका लैजानका लागि दूतावासलाई चिठी लेखेर आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानाको राजीनामा माग गरेको हो। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले आफैँ बहिर्गमनको बाटो रोजेमा राम्रो हुने प्रतिक्रिया दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पृष्ठभूमिबाट उपसभामुख बनेकी रानाले हाल कुनै पनि दलमा आबद्ध छैनन्। सभामुख वा उपसभामुखमा निर्वाचित भएपछि दलको हैसियत त्याग गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ।

यद्यपि, रास्वपा र माओवादी केन्द्र उपसभामुख रानाको राजीनामाको विरोधमा छ भने सत्तापक्ष रानाको राजीनामा आउनैपर्ने अडानमा छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

घट्यो अमेरिकी डलरको भाउ, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ

माघ २३ गते बुधबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २३ गते