१ माघ २०८२, बुधबार । January 14, 2026

यूईएफए नेसन्स लिगः कप्तान केनको २ गोलमा इंग्ल्याण्ड विजयी



एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७ औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

उनै केनले ७६ औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्याण्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध २०१६ को युरो क्वालिफायिङमा डेब्यु गरेका थिए ।

यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ । ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५० औं मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७ औं मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जीत दिलाए । जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् ।

आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले