३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

यूईएफए नेसन्स लिगः नेदरल्यान्डस्‌सँग बराबरीमा रोकियो जर्मनी



एजेन्सी । यूईएफए नेसन्स लिगअन्तर्त नेदरल्यान्ड्स र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ ।

निर्धारित समयमा दुवै टोलीले २-२ गोल गरेसँगै खेल बराबरीमा सकिएको हो । नेदरल्यान्डस्‌ले खेलको दोस्रो मिनेटमै गोल गर्दै जर्मनीविरुद्ध अग्रता लिएको थियो । तर, ३८औँ मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्मनीले नेदरल्यान्ड्स्‌विरुद्ध अर्को गोल गर्दै २-१ को अग्रता लियो ।

तर, खेलको ५०औँ मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । लिगअन्तर्गत हंगेरी र बोस्नीय हर्जगोबिनाबीचको खेल गोलरहीत बराबरीमा सकिँदा जर्जियाले अल्बानियालाई १-० ले पराजित गरेको छ । त्यस्तै चेचियाले युक्रेनलाई ३-२ गोलअन्तरले पराजित गरेको छ भने इङ्ल्यान्डले फिनल्यान्डलाई २(० ले स्तब्ध पारेको छ । उता आयरल्यान्ड भने ग्रिससँग २-० ले पराजित भयो ।

त्यस्तै नर्थ मेसेडोनियाले अर्मेनियाविरुद्ध २-० को जित निकाल्दा माल्टासँग एन्डोरा १-० ले पराजित भयो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर