१ माघ २०८२, बुधबार । January 14, 2026

दक्षिण अमेरिकी विश्वकप छनोटः विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित



एजेन्सी । विश्व च्याम्पियन अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोटमा दोस्रो हार बेहोरेको छ ।

कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे ।

निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो । हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए ।

भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले