२९ पुस २०८२, मंगलबार । January 14, 2026

एप्पलको टाउको हल्लाएरै फोन उठाउन र काट्न मिल्ने एयरपड्स सार्वजनिक, यस्ता छन् अन्य फिचर



एजेन्सी । आइफोन निर्माता कम्पनि एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ ।

एप्पलले यसमा एचटू चिपसेट प्रयोग गरेको छ । यस एयरपड्सको मूख्य विशेषता पर्सनलाइज्ड स्पेसल अडियो हो । यसमा टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने फिचरका लागि मसिन लर्निङ प्रयोग गरिएको छ । यसमा एप्पलले यूएसबी सी सपोर्ट गर्ने फोल्डेबल केस दिने भएको छ । जसले ३० घण्टा ब्याट्री ब्याकअप दिने बताइएको छ ।

यसमा एयरपड्स एक्टिभ न्वाइ क्यान्सिलेसन ९एएनसी०भएको र नभएको गरी दुई मोडलमा उपलब्ध हुने छ । एएनसीभएको मोडलमा शहर तथा विमान जस्ता बढी आवाज आउने ठाउँमा अनावश्यक आवाज हटाइदिने बताइएको छ । यस एयर पड्समा म्याजिक एडप्टिभ अडियो (वातावरण अनुसार आवाज मिलाइने), कन्जर्भेटिभ कन्भरसेन (बोल्दा आफै साउन पज हुने), ब्याकग्राउन्ड न्वाइज रिडक्सन, क्विक प्रेस सेन्सर (म्युजिक कन्ट्रोल फिचर) जस्ता फिचर हुने छन् ।

कानको समस्या भएका व्यक्तिहरूलाई सघाउन प्रिभेन्सन, अवेरनेस हियरिङ प्रोटेक्सन (अनावश्यक आवाज हटाउने), अवेरनेस हियरिङ टेस्ट (सुनाइ परीक्षण गर्ने) र असिस्टेन्स (कान कम सुन्नेका लागि सुन्न सहयोग गर्ने) जस्ता फिचर पनि हुने छन् । यसलाई ५४९ डलरमा खरिद गर्न सकिने बताइएको छ ।

भने एप्पल एयरपड्स प्रो टूमा पर्सनलाइज्ड हियरिङ प्रोफाइल, मिडिया टेस्ट, हियरिङ एड, कन्भर्सेसन अवारनेस, कन्भर्सेसन बुस्ट जस्ता फिचर रहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले