२९ पुस २०८२, मंगलबार । January 14, 2026

युईएफए नेसन्स लिगः इटालीको लगातार दोस्रो जित



एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा इटालीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा इजरायललाई २–१ गोल अन्तर पराजित गर्दै इटालीले दोस्रो जित निकालेको हो । इटालीको जीतमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गर्दा इजरायलको तर्फबाट मोहमद अबु फानीले एक गोल फर्काएका थिए । पाहुना टोली इटालीले ३८ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा मोइस केनले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ९० औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो । पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ ।

इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले