७ चैत्र २०८२, शनिबार । March 21, 2026

आज सार्वजनिक हुँदै आईफोन १६ सिरिज, के–के छन् यसका आकर्षण ?


२४ भाद्र २०८१, सोमबार  

2.3k
Shares

एजेन्सी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सिजि लञ्च गर्ने गरेको छ ।

कम्पनीले आज राति बहुप्रतिक्षित आइफोन १६ मोडलको लाइन अप लञ्च गर्दैछ । कम्पनीले आइफोन १६, आइफोन १६ प्रोज सिरिज लञ्च गर्नेछ । यी फोनमा एआई फिचर्स हुनेछ । यसबाहेक कम्पनीले एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडल पनि लञ्च हुने सक्ने अपेक्षा गरिएको छ ।

कम्पनीले यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ भन्ने ट्यागलाइन दिएको छ । यो कार्यक्रम कम्पनीका आधिकारिक वेबसाइट, एप्पल टिभी र युट्युबमा समेत हेर्न सकिनेछ । युट्युबमा लाइभ स्ट्रिमिङ हेर्न एप्पल च्यानलमा जानु पर्नेछ । कार्यक्रम राति १० बजेपछि शुरु हुनेछ ।

मिडिया रिपोर्टका अनुसार इभेन्टको लोगोले आइफोन १६ मा दिएको भिजुअल परिवर्तनलाई दर्शाएको बताइएको छ । नोटिफिकेशन इफेक्ट्समा पनि परिवर्तन देख्न पाइनेछ ।

डिस्प्लेको साइजमा हेरफेर

अनलाइनमा राखिएका तस्बिरहरूका अनुसार एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्नेछ । आईफोन १६ प्रो म्याक्समा ६ दशमलव ९ इन्चको डिस्प्ले हुन सक्ने बताइएको छ । आईफोन १६ प्रोमा भने ६ दशमलव ३ इन्चको डिस्प्ले हुन सक्नेछ । नयाँ आइफोनमा एप्पल इन्टेलिजेन्स पनि आउनेछ ।

एप्पलको यो फोनमा ओपनएआइएको च्याटजिपिटी पनि रहेनेछ । आइफोनमा च्याटजीपीटी –४० सपोर्ट हुनेछ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्समा नयाँ ए१८ चिप प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । सबै मोडलमा अर्को युनिक फिचर पनि हुन सक्ने बताइएको छ ।

क्यामराको डिजाइनमा परिवर्तन

आइफोन १६ को क्यामरा डिजाइनमा परिवर्तन देख्न सकिनेछ । यो डिजाइन आइफोन ११ को जस्तै हुन सक्ने खबर आएको छ । कम्पनीले क्यामराको सेन्सरलाई सुधारेको हुन सक्ने र लाइट सेन्सरलाई पनि राम्रो बनाएको हुन सक्ने अनुमान छ । खबरका अनुसार अघिल्ला मोडलको तुलनामा यो फोन सय डलर बढी महँगो हुन सक्ने छ ।

तर कम्पनीले अहिलेसम्म यसको पुष्टि भने गरेको छैन । कम्पनीले आइफोन १५ सिरिजको मूल्य पनि कटौती गर्र्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो