२३ माघ २०८२, बिहिबार । February 5, 2026

तेस्रो टेस्टमा इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित



एजेन्सी । तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि श्रीलंकाले ८ विकेटको शानदार जित हात पारेको छ ।

सोमबार जित्नका लागि आवश्यक २१९ रनको पछ्याएको श्रीलंकाले ४० दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा ओपनर पाथुम निसंका १२४ बलमा १३ चौका र २ छक्कासहित १२७ रनमा नट आउट रहे । दिमुथ करुणारत्ने ८ र कुशल मेन्डिस ३९ रनमा आउट हुँदा एन्जिलो म्याथ्युज ३२ रनमा नटआउट रहे ।

इंग्ल्यान्ड दोस्रो इनिङमा १५६ रनमा अल आउट भयो । युवा विकेटकिपर जेमी स्मिथले सर्वाधिक ६७ र ड्यान लरेन्सले ३५ रन जोडे । अन्यको प्रदर्शन सम्झनलायक रहेन । पहिलो इनिङमा ६२ रनले पछि परेको श्रीलंकालाई उत्कृष्ट पुनरागमन गराउन लाहिरु कुमाराले ४, विश्व फेर्नान्डोले ३ र असिथा फेर्नान्डोले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा श्रीलंका २६३ रनमा अलआउट भएको थियो । श्रीलंकाका कप्तान धनन्जय डि सिल्भा ६९, कामिन्दु मेन्डिस र पाथुम निसांका ६४–६४ रन बनाए । इंग्ल्यान्डका जोश हुल र ओली स्टोनले ३–३ विकेट लिए । लन्डनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड ३२५ रनमा अलआउट भएको थियो । कप्तान ओली पोपले १५६ बलमा १९ चौका र २ छक्कासहित १५४ रनको शतकीय इनिङ खेलेपनि जित्न पर्याप्त रहेन ।

ओपनर बेन डकेटले ८६ रनको योगदान दिए । श्रीलंकाका मिलन रथानायकेले ३, विश्व फेर्नान्डो, लाहिरु कुमारा र धनन्जय डि सिल्भाले २–२ विकेट लिए । तीन टेस्ट खेलको सिरिजमा सुरुवाती दुई खेल इंग्ल्यान्डले ५ विकेट र १९० रनको जित हात पारेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल