११ असार २०८३, बिहिबार । June 25, 2026

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, कम्तीमा ५२ जनाको मृत्यु


२४ भदौ २०८१, सोमबार  

162
Shares

एजेन्सी । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको आपतकालीन उद्धारका लागि काम गर्ने एक निकायले सोमबार जनाएको छ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे एएफपीसँग भने, “आइतबार बिहान भएको दुर्घटना र विस्फोटपछि मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ ।” “पीएमएस (ईन्धन) लोड गरिएको पेट्रोल ट्याङ्कर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो,’ सेमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन् । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्याङ्कर विस्फोट हँुदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय हताहत हुने गरेको छ । इन्धन ट्याङ्करको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ ।

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर