२९ पुस २०८२, मंगलबार । January 14, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ५८ अंकले घट्यो बजार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ ।

सोमबार नेप्से परिसूचक ५८ दशमलव ८६ अङ्कले घटेर २६४६ दशमलव ०३ को विन्दुमा अडिएको हो । अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले घटेर २७०१ दशमलव ९० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।सोमबार उपसमूहतर्फ रहेका १३ वटै समूहहरूको शेयर घटेको छ । आज हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ कम्पनी, इमर्जिङ नेपाल र सीईडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।​

उनन्ती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रृजनशिल लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारका अधारमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३७ करोड ५७ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले