२१ चैत्र २०८२, शनिबार । April 4, 2026

माइडियाले ल्यायो दशैंमा ‘किन, जित अनि उड’ अफर


२४ भाद्र २०८१, सोमबार  

24
Shares

काठमाडौं । वर्ल्ड नम्बरवान मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ ।

सीजीले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘किन, जित अनि उड’ को अफर ल्याएको हो । बम्पर उपहारमा दुई जनालाई थाइल्यान्ड टुर गराइने सीजीले जनाएको छ ।हरेक हप्ता मिक्स्चर, ४६,५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा उपहार पर्ने बताइएको छ । हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादन जस्तैः रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन् ।

उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने सीजीले जनाएको छ । हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्। फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन् । रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई निस्शुल्क टोस्टर प्राप्त हुनेछ । फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ । डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुइ वटा डिशवाशर किट प्राप्त हुनेछ।

यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ । यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो–रूमहरूमा लागू हुनेछ।

थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने