२९ पुस २०८२, मंगलबार । January 14, 2026

यूईएफए नेसन्स लिगः १० खेलाडिमा समेटिएको स्पेनको शानदार जित



एजेन्सी । फिबयन रुइजले दुई गोल गरेपछि दश खेलाडीमा समेटिएको स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गरेको छ ।

स्पेनको जितमा जोसेलु र फेरान टोरेसले पनि एक–एक गोल गरे । नेसन्स लिगमा स्पेनको पहिलो जित हो । यसअघि पहिलो खेलमा स्पेनले सर्वियासँग गोलरहित बराबरी खेलेको थियो । स्पेनको जितमा खेलको चौथो मिनेटमै जोसेलुले गोल गर्दै अग्तरा दिलाए भने १३औं मिनेटमा रुइजले अग्रता दोब्बर पारे ।

२०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेर गोल अन्तर कम पारे । तर, स्पेनले एक खेलाडी कम हुँदा पनि खासै असर परेन । ७७औं मिनेटमा फाबियन रुइजले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३(१ को अग्रता बनायो । त्यसपछि फेरान टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनको जित सुनिश्चित गरे ।

जितपछि स्पेन दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा सर्वियालाई २(० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको डेनमार्क ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले