१ चैत्र २०८१, शनिबार । March 16, 2025

दाङको टरिगाउँ विमानस्थलमा अबदेखि शुक्रबार मात्रै उडान हुने



दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ।

निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने तय भएको हो । प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ जाने र १२ः२० मा फर्किने तालिका रहेको छ । हाल दाङबाट काठमाडौं जाँदा सात हजार १०० र काठमाडौंबाट दाङ आउँदा सात हजार २५० रुपैयाँ भाडा लाग्छ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्रु थिए। टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो। केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने विमानस्थल प्रशासनले जनाएको छ । यहाँको विमानस्थल २०११ सालमा स्थापना भएको हो।

७५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन्। यसलाई बढाएर एक हजार ५०० मिटर बनाउन सके ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने बताइन्छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा