२९ पुस २०८२, मंगलबार । January 14, 2026

एन्फा महिला लिगः कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो



काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले कर्णालीलाई ४–० गोलअन्तरले हराउँदै जित हासिल गरेको हो । यससँगै कोशीले तीन खेलबाट नौ अङ्क बटुल्दै अङ्क तालिकाको पहिलो स्थानमा उक्लेको छ । पराजित कर्णालीको भने एक अङ्क छ । यसअघि कोशीले वालिङ नगरपालिकालाई ४–० र बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो ।

त्यस्तै यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को पराजय ब्यहोरेको थियो । आज कोशीको जितमा पूर्णीमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक/एक गोल गरे । कोशीकी पूर्णीमाले खेलको ३४औँ मिनेटमा पहिलो गोल गरिन् ।

त्यसपछी खेलको ६७औँ मिनेटमा समीक्षाले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसको पाँच मिनेटपछि पूर्णीमाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।

खेलको ७५औँ मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीले कर्णालीमाथि ४–० को जित निकाल्यो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले