७ माघ २०८१, सोमबार । January 20, 2025

नेप्सेमा २५ दशमलव ४६ अंकको गिरावट, १० अर्ब १२ करोड रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ । आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घट्यो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता शेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको