३ आश्विन २०८३, शनिबार । September 19, 2026

गुडिरहेको ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु


२३ भदौ २०८१, आइतबार  

762
Shares

चितवन । चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–२९ चुनेखोलास्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति ८ः४० बजे भैंसी लिएर काठमाण्डौंतर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षीय कृष्णबहादुर थापा रहेका छन्। गुडिरहेको ट्रकको बायाँ साइटमा ठोक्किएर गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले बताएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ