२९ पुस २०८२, मंगलबार । January 14, 2026

यूईएफए नेसन्स लिगः हंगेरीमाथी जर्मनीको फराकिलो जित



एजेन्सी । यूईएफए नेसन्स लिग फूटबलअन्तर्गत शनिवार राति डुसेल्डोफमा भएको खेलमा घरेलु टोली जर्मनीले हंगेरीमाथि ५ गोलको वर्षा गरेको हो ।

यससँगै जारी प्रतियोगिताको पहिलो खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको छ । खेलको २७ औँ मिनेटमा गोल गर्दै निकलास फुलक्रुकले जर्मनीका लागि खाता खोलेका थिए । त्यसपछि जमाल मुसियलाले ५७ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

यसपछि फ्लोरियन विर्टजले खेलको ६६ औँ, अलेक्सान्डर पाब्लोभिचले ७७ औँ र काई हाभर्ट्जले ८१ औँ मिनेटमा गोल गरे । हाभर्ट्जले पेनाल्टीमा गोल गरेका हुन् । हंगरीले कुनै पनि गोल फर्काउन नसकेपछि जर्मनीले ५–० को फराकिलो जीत दर्ता गरेको हो । यससँगै लिग ‘ए’को समूह ३ मा रहेको जर्मनीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस समूहमा नेदरल्यान्ड्स समान अंकसहित गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले