३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

स्कटल्याण्डविरुद्धको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप



एजेन्सी । स्कटल्याण्डविरुद्धको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ।

इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले शृङ्खला नै क्लिन स्वीप गरेको हो। स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले चार विकेट गुमाएर २३ बल अघि नै भेटायो। उसका क्यामरन ग्रिनले ६२ र मिचेल मार्सले ३१ रन बनाए। स्कटल्याण्डका ब्राड क्युरीले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रिनले तीन तथा सीन एबोट र एरोन हार्डाईले दुई–दुई विकेट लिए।

अस्ट्रेलियाले पहिलो खेल सात विकेट र दोस्रो खेल ७० रनले जितेको थियो।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी