२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

घोप्टेभीरमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध


२१ भदौ २०८१, शुक्रबार  

564
Shares

चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने बाटो अवरुद्ध भएको छ ।

शुक्रबार बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । पहिरोको कारण काठमाडौं जाने बाटो दुईतर्फ नै अवरुद्ध छ । प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ ।

चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ