२८ पुस २०८२, सोमबार । January 13, 2026

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ० दशमलव ४८ प्रतिशतले घटेर ४८६ दशमलव ३६ बिन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

यसदिन ३१६ स्क्रिप्सको २ करोड २ लाख ५३ करोड ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ विन्दुमा अडिएको थियो। यसदिन एउटा मात्रै‌ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९ दशमलव १४ प्रतिशतले बढ्दा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ४३,अपर हेवाखोला हाइड्रोपावरको ७ दशमलव ९२ र गुडविल फाइनान्सको सेयर ७ दशमलव ८३ प्रतिशतले बढ्यो।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ३ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले