२६ फाल्गुन २०८२, मंगलबार । March 10, 2026

पहिरोले कान्तिलोकपथ अवरुद्ध


२० भाद्र २०८१, बिहिबार  

84
Shares

काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए।

यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ। बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभर्‍याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो ।

टोली विभिन्न उपाय अपनाइएर बगरमा अलपत्र परेका चारैजनालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по