२९ पुस २०८२, मंगलबार । January 13, 2026

अमेरिकाको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु



एजेन्सी । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

सीएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् । एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । गोली चलाउने बालकपनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ ।

गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारवाही गर्ने बताएको छ ।अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक–पटक हुने गर्दछन । २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औँ घटना हो ।

यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले