९ चैत्र २०८१, आइतबार । March 23, 2025

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ । उनले भने, “दशैंसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधिन रहेका छन् ।

बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ ।

अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ऊर्जामन्त्रीलाई महावीरको सुझाव: कुलमान जस्तै काम गर, नत्र माफी माग

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक

पूर्वराजा शाहसँग सबैभन्दा बढी त्रसित ओली !

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरू बीचको संघर्षले राजनीतिक वृत्तमा चर्को

राजतन्त्र भूत हो, यो केवल भ्रमको संसार हो: डा. भट्टराई

जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष र पूर्वप्रधानमन्त्री

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखनाथ मन्दिरमा पूजाअर्चना

गोरखा । हाल गोरखामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु

ट्रकमा लोड भएको मार्बलले च्यापेर एकको मृत्यु

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी-१ मा ट्रकमा लोड गरिएका मार्बल र