२९ पुस २०८२, मंगलबार । January 13, 2026

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने स्वारेजको घोषणा



एजेन्सी । उरुग्वेली फुटबल खेलाडी लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मंगलबार घोषणा गरेका छन् ।

विश्वकप–२०२६ छनोटको शुक्रबार पाराग्वेविरुद्ध मोन्टेभिडियोमा हुने खेल उनको उरुग्वेका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । पत्रकार सम्मेलनमा ३७ वर्षीय स्वारेजले भावुक हुँदै भनेका छन्, ‘शुक्रबारको खेल मेरो देशका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । यो निर्णय गर्न मलाई सजिलो रहेन् ।

तर यो अन्तिम खेलमा म पनि आफूले सक्दो राम्रो खेल्नेछुं ।’ बार्सिलोना र लिभरपुलका पूर्वखेलाडी स्वारेज उरुग्वेली फुटबलका सफलतम खेलाडीमा गनिन्छन् । उनले उरुग्वेका लागि अहिलेसम्म १ सय ४२ खेलमा ६९ गोल गरिसकेका छन् । सन् २००७ मा उनले आफ्नो राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

सन् २०१४ को विश्वकपमा इटालीका खेलाडी जर्जिओ चिलेनीलाई टोकेपछि चार महिनाको प्रतिबन्ध लगाइएको थियो । अहिले उनी अमेरिकामा इन्टर मायामीका लागि खेलिरहेका छन् ।

सन् २०११ मा उरुग्वेले कोपा अमेरिका जितेको थियो र त्यसमा स्वारेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले