२९ पुस २०८२, मंगलबार । January 13, 2026

ला–लिगाः एम्बाप्पेले दुई गोल गरेको खेलमा रियल विजयी



एजेन्सी । केलियन एम्बाप्पेले ला–लिगामा पहिलो दुई गोल गरेको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २–० ले पराजित गरेको छ।

रियलले यो चौंथो खेलमा दोस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो। ६७ औं मिनेटमा फेडेरिको भाल्भर्डेसको पासमा पहिलो गोल गरेका एम्बाप्पेले पेनाल्टी मार्फत ७५ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यसअघि केलियन एम्बाप्पेले ला–लिगामा उत्कृष्ट प्रदर्शनका बाबजुत गोल गर्न सकेका थिएनन्।

यसअघि उनले कुल २४ सट प्रहार गरेपनि सफल भएका थिएनन्। तर उनले रियलका लागि डेब्यु गोल भने आफ्नो पहिलो खलमै युइएफए सुपर कपको फाइनलमा एट्लान्टा विरुद्ध गरेका थिए। २५ वर्षीय फ्रेन्च स्टारले यसै सिजन फ्रि–ट्रान्सफरमा पिएसजीबाट रियल अनुबन्धित भएका हुन्।

पिएसजीमा उनी २ सय ५६ गोलका साथ सर्वाधिक गोलकर्ताका रूपमा रहन सफल भएका थिए। ला–लिगाको सिजनमा भने उनले २५ सटपछि गोल गर्न सफल भए।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले