२९ पुस २०८२, मंगलबार । January 13, 2026

इंग्लिस प्रिमियर लिगः वेस्टह्याम युनाइटेडमाथि म्यान्चेस्टर सिटीको शानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित हासिल गरेको छ ।

गएराति सम्पन्न भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक गरेर सिटीको जितलाई सुनिश्चित गरेका हुन् । हालान्डको उत्कृष्ट प्रदर्शनले सिटीलाई यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिन मद्दत गरेको छ । खेलको सुरुआतदेखि नै सिटीले बलमा पकड जमाउँदै वेस्टह्यामलाई दबाबमा राख्यो ।

खेलको १०औँ मिनेटमा बर्नाल्डो सिल्भाको पासमा हालान्डले पहिलो गोल गरे । वेस्टह्यामले केही समयपछि बराबरी गर्ने प्रयास गर्‍यो तर सिटीको मजबूत डिफेन्सले उनीहरूको हरेक प्रयासलाई विफल गरेको थियो । सिटीका डिफेन्डर रुबेन डियासको दुर्भाग्यपूर्ण गल्तीले खेलको १९औँ मिनेटमा वेस्टह्यामलाई बराबरीको मौका दियो ।

डियासले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो । तर, वेस्टह्यामले यो लाभलाई लामो समयसम्म कायम राख्न सकेन । खेलको ३०औँ मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा पनि सिटीको नियन्त्रण जारी रह्यो ।

खेलको अन्तिम समयमा, ८३औँ मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गरे, जसले सिटीको जितलाई पक्का गर्यो । यो हालान्डको यस सिजनको दोस्रो ह्याट्रिक हो, जसले उनलाई प्रिमियर लिगको गोल्डन बुटको दौडमा प्रमुख दावेदार बनाएको छ । यस जितसँगै म्यान्चेस्टर सिटीले तीन खेलबाट पूर्ण ९ अंक जोड्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता सिटीले यस सिजन पनि उपाधि रक्षा गर्ने दृढता देखाएको छ ।

अर्कोतर्फ वेस्टह्याम भने तीन खेलबाट मात्र ३ अंक बटुल्दै १४औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले