२९ पुस २०८२, मंगलबार । January 13, 2026

अमेरिकाको टेक्ससमा एक नेपाली छात्राको गोली हानी हत्या



एजेन्सी । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।

भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । उनको छातीमा गोली लागेको नेप्योर्क टाइम्सले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो ।

अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लाश भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि बन्द थियो । तर उनको फोन भने फेला परेको छैन । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

यसअघि टेक्ससमै अर्का एक नेपाली दीपक वलीको पनि गोली हानी हत्या गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले