२७ माघ २०८१, आइतबार । February 10, 2025

दोरम्बा पहिरो अपडेटः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, २ अझै बेपत्ता



रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ ।

यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए । उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो । उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको