२८ पुस २०८२, सोमबार । January 13, 2026

साफ यू–२० च्याम्पियनसिपः नेपाल र बंगलादेशबीच फाइनल भिडन्त आज



काठमाडौं । दक्षिण एसियाको प्रतिष्ठित साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेर ३० मा सुरु हुने फाइनल धेरै अर्थमा नेपालका लागि महत्त्वपूर्ण छ। सम्भवत नेपाली यूवा टिमले आलोचित नेपाली फुटबललाई उपाधि दिलाएर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ। ७ वर्षपछि तेस्रो पटक उपाधि जित्ने प्रयासमा रहेको नेपाली युवा टिमका लागि बंगलादेश परिचित प्रतिद्वन्दी हो। यसै संस्करणमा दुबै टोलीले समूह चरणमा एकअर्का विरुद्ध भिडिसकेका छन्।

जहाँ नेपालले २–१ ले खेल जित्दै समूह विजेता बनेको थियो। बंगलादेशले भने सेमिफाइनलमा बलियो मानिएको भारतको चुनौती पेनाल्टी सुटआउटमा पन्छाएर फाइनल पुग्दा नेपालले भने तुलनात्मक रूपपा कमजोर मानिएको भुटानको कडा चुनौतीलाई पेनाल्टी सुटआउटमै पाखा लगाएको थियो। यसअघि २०१५ र २०१७ मा उपाधि जितेको युवा टिम घरेलु मैदानमा पुन एकपटक उपाधि उचाल्ने प्रयासमा रहेको छ।

तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पुनः एकपटक बंगलादेशकै चुनौती पन्छाउने लक्ष्यमा छ। पछिल्लो पटक अर्थात २०१७ मा उपाधि जित्दा पनि नेपालले बंगलादेशकै चुनौती पन्छाएको थियो।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले