९ चैत्र २०८२, सोमबार । March 23, 2026

साफ यू–२० च्याम्पियनसिपः नेपाल र बंगलादेशबीच फाइनल भिडन्त आज


१२ भाद्र २०८१, बुधबार  

1.5k
Shares

काठमाडौं । दक्षिण एसियाको प्रतिष्ठित साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेर ३० मा सुरु हुने फाइनल धेरै अर्थमा नेपालका लागि महत्त्वपूर्ण छ। सम्भवत नेपाली यूवा टिमले आलोचित नेपाली फुटबललाई उपाधि दिलाएर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ। ७ वर्षपछि तेस्रो पटक उपाधि जित्ने प्रयासमा रहेको नेपाली युवा टिमका लागि बंगलादेश परिचित प्रतिद्वन्दी हो। यसै संस्करणमा दुबै टोलीले समूह चरणमा एकअर्का विरुद्ध भिडिसकेका छन्।

जहाँ नेपालले २–१ ले खेल जित्दै समूह विजेता बनेको थियो। बंगलादेशले भने सेमिफाइनलमा बलियो मानिएको भारतको चुनौती पेनाल्टी सुटआउटमा पन्छाएर फाइनल पुग्दा नेपालले भने तुलनात्मक रूपपा कमजोर मानिएको भुटानको कडा चुनौतीलाई पेनाल्टी सुटआउटमै पाखा लगाएको थियो। यसअघि २०१५ र २०१७ मा उपाधि जितेको युवा टिम घरेलु मैदानमा पुन एकपटक उपाधि उचाल्ने प्रयासमा रहेको छ।

तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पुनः एकपटक बंगलादेशकै चुनौती पन्छाउने लक्ष्यमा छ। पछिल्लो पटक अर्थात २०१७ मा उपाधि जित्दा पनि नेपालले बंगलादेशकै चुनौती पन्छाएको थियो।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali