१४ बैशाख २०८३, सोमबार । April 27, 2026

पाकिस्तानको बलुचिस्तानमा श्रृंखलावद्ध आक्रमण, ५३ जनाको मृत्यु


११ भाद्र २०८१, मंगलबार  

12
Shares

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृंखलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको छ।

आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो। ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो। जसमा २३ यात्रुहरू मारिएका थिए। लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो।

शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो।

आर्को छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतंककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीहरू सहित १० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin