७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता



कास्की । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास ९पुरुष० र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए । भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए ।

पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । “पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने । एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए ।

उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए । प्रवक्ता गुरुङले भने, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् ।

प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए ।

पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४