३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

दोरम्बा पहिरो अपडेटः थप एक जनाको शव भेटियो, ३ जना अझै बेपत्ता



रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कमा पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेको समयमा लेक खर्ककी ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गत शनिबार रातीको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो ।

आइतबार ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर