१३ पुस २०८२, आइतबार । December 29, 2025

स्पेनिस ला लिगाः रियल मड्रिडको जित



काठमाडौं । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले भाल्लाडोलिडलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रियल मड्रिडले तीन गोल गरेको हो । खेलको ५०औँ मिनेट फेडेरिको भाल्भर्डेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । भाल्भर्डेले रोड्रिगोको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ८८औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारेका थिए ।

खेलको ६९औँ मिनेटमा आद्रा गुलेरको स्थानमा मैदान प्रवेश गरेका डियाजले डियाजले इडर मिलिटाओको पासमा गोल गरेका थिए । त्यसपछि इन्जुरी समयको छैटौँ मिनेटमा एन्ड्रिकले गोल गर्दै रियल मड्रिडलाई ३–० को जित दिलाए । ब्राजिलियन युवा फरवार्ड इन्ड्रिकले ला लिगाको डेब्यु खेलमै गोल गरेका हुन् ।

खेलको ८६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्ड्रिकले ब्राहिम डियाजको पासमा गोल गरेका थिए । जितसँगै रियल मड्रिडले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई