२९ पुस २०८२, मंगलबार । January 13, 2026

पर्सामा बाघको आक्रमणबाट ६० बर्षीय बृद्धको मृत्यु



पर्सा । बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परिवारजनले थारु हिजो देखि हराएको प्रहरीमा खबर गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय मिलेर संयुक्तरुपमा खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए ।

एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले