३१ आश्विन २०८३, शनिबार । October 18, 2026

पल्सर स्पोर्टस अवार्डःपिपल्स च्वाइसको मनोनयनमा महिला भलिबलबाट कबिता भट्ट


७ भदौ २०८१, शुक्रबार  

1.4k
Shares

काठमाडौं । पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

जसमा राष्ट्रिय खेल भलिबलबाट कबिता भट्ट मनोनयनमा परेकी छन् । विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्दै आएकी भट्ट हालै सम्पन्न काभा महिला नेसन्स लिगमा राम्रो पदर्शन गर्ने खेलाडी समेत हुन् । यस्तै क्रिकेटका गुलशन झा, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम मनोनयनमा अटाएको छ ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२ दशमलव ५ प्रतिशत हुनेछ ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि