१३ पुस २०८२, आइतबार । December 28, 2025

गस्तीमा रहेको प्रहरीमाथि डाकु समूहको रकेट आक्रमण, ११ जनाको मृत्यु



एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा ११ जना प्रहरी जवानको मृत्यु भएको छ भने ५ प्रहरी घाइते भएका छन् ।

रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाव प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट आक्रमण भएको हो। यही क्षेत्रमा गत महिना भएको आक्रमणमा एक प्रहरी अधिकारी मारिएका थिए भने ४ आक्रमणकारीको ज्यान गएको थियो।

मचका नदी तटीय क्षेत्रमा लामो समयदेखि सक्रिय आपराधिक समूह नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाइरहे पनि सफल हुन सकेको छैन। पाकिस्तानको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा समितिको गत अप्रिलमा भएको बैठकले सिन्ध र पञ्जाव प्रहरीको बलले डकैतीविरुद्ध संयुक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो।

पाकिस्तानको प्रहरी बल चोरी डाकुका साथै आतंककारी समूहको निशानामासमेत पर्दै आएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई